प्रहरीले लोभ लालच त्याग्न सक्नुपर्छः महानिरीक्षक खनाल

Khanal

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रहरीले लोभ, लालच नगरी हरेक नागरिकको दिलमा बस्ने गरी काम गर्नु बताएका छन् । उनले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही नगरेसम्म प्रहरी सङ्ंठन राम्रो हुन नसक्ने समेत बताए ।

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आइतबार आयोजित समापन कार्यक्रममा उनले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताए । महानिरीक्षक खनालले नेपाल प्रहरीको मान, सम्मान, इज्जत प्रतिष्ठालाई अगाडि बढाउनका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्छ भने ।

महानिरीक्षक खनालले प्रहरीभित्रको सञ्चालन हुने खेलकूद गतिविधिलाई सबै प्रदेशमा लैजान आफूले प्रहरी प्रधान कार्यालयबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको स्पष्ट पारे । नेपाल प्रहरीमा लागेर खेल खेल्ने खेलाडीको भविष्य उज्वल रहेको उनको भनाइ थियो ।

राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातले नेपाल प्रहरीले खेललाई प्राथमिकता दिएको बताए । प्रहरीभित्र खेलाइने खेलले राष्ट्रिय खेलको विकासमा समेत मद्दत पुग्ने उनकोे भनाइ थियो । असोज १७ देखि सञ्चालन भएको खेल आइतबार सकिएको हो ।

कूल १० टोली रहेको उक्त खेलमा ५ नं प्रदेश प्रहरी कार्यालय दाङले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३–२ को सेटले हराएको थियो । प्रतियोगिताको प्रथम टिमलाई रु.५० हजार, प्रमाणपत्र र मेडल, दोस्रो टिमलाई रु.३५ हजार, प्रमाणपत्र र मेडल तथा सर्वोत्कृष्ट खेलाडीलाई रु.दश हजार नगद प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...