कपुरगाउँमा पहिलो पटक हेलिकप्टर चढेर सीडीओ पुग्दा...

Helicopter ykmlqlsq3q

धादिङ । उत्तरी धादिङको विकट मानिने कपुरगाउँमा पहिलो पटक प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे पुग्दा गाउँलेले सुरक्षाको माग गरेका छन् ।

नमस्ते ग्रामिण विकाससमाज को १२ औँ साधारणसभा र सामाजिक लेखापरीक्षण कार्यक्रमका लागि हेलिकप्टर चढेर शुक्रबार रुबिभ्याली गाउँपालिका वडा नम्बर-५ , कपुरगाउँ पुग्दा गाउँलेले आफूहरुको सुरक्षाको व्यवस्था हुनुुपर्ने माग गरेका हुन् ।

समक्ष शान्ति सुरक्षा माग गरेपछि प्रजिअ पाण्डेले प्रहरीको युनिटहरु राखेर गाउँका नागरिकलाइ सुरक्षा प्रदान गर्न लागि प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रदेश सभा सदस्य जगत सिम्खडाले उत्तरी धादिङ र लापा क्षेत्रको लागि सडक, खानेपानी विद्ध्यालय, स्वास्थ ,सञ्चार र पर्यटन विकासको लागि प्रदेश सरकार लागि परेको र पर्याप्त बजेट विनियोजन गरेको बताए ।

कपुरगाउँ सदरमुकामबाट ४ दिनको पैदल दूरीमा पर्छ । सडक नपुगेको गाउँमा बिरामी पर्दा समेत उपचारका लागि अस्पताल लैजान समेत कठिन छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...