आफ्नै छोरी करणी गरेको आरोपमा बाबु पक्राउ
बागलुङ । गलकोट नगरपालिका-८ ज्यामिरेमा आफ्नै बाबुले छोरीलाई जबरजस्ती करणी गरेका छन् ।
असोज १७ गते बुधबार साँझ गल्कोट ज्यामिरेका ३२ वर्षिय भीम सुनारले आफ्नै ६ वर्षिया छोरीलाई जबरजस्ती करणी गरेको भनि बालिकाकी आमाले बिहिबार इलाका प्रहरी कार्यालय गलकोटमा उजुरी दिएपछी घटना सार्वजनिक भएको हो ।
अभियुक्त सुनारसहित बालिकालाई जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएर धौलागिरी अञ्चल अस्पतालमा बालिकाको परीक्षण गरेपछि जिल्ला प्रहरी कार्यालयले अभियुक्त बाबुलाइ नियन्त्रणमा लिएको छ ।
घटनाको आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस