मानव ओसारपसारमा संलग्न तीन पक्राउ, तीन किशोरीको उद्धार

Pakrau tukhabar 11

इलाम । रुकुम, सुर्खेत र जाजरकोटबाट ल्याइएका किशोरीको उद्धारसंगै मानव ओसारपसारमा संलग्न तीन जना पक्राउ परेका छन् ।

केही दिन अघि बेच्नको लागि भारत लैजाँदै गरेको तीन किशोरीको प्रहरीले उद्धार गरेको हो ।

दुई किशोरीलाई पशुपतिनगरस्थित एक होटलबाट उद्धार गरिएको र एक किशोरीलाई दार्जिलिङ स्थित होटलमा राखिएको अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । भारतीय प्रहरी र माइती नेपालसंगको सहकार्यमा ती किशोरीहरुको उद्धार गरिएको हो ।

मानव ओसार पसारमा संलग्न आरोपमा पक्राउ परेकाहरु कालिकोट सन्नीत्रिवेणी गाउँपालिकान ९ घर भएका वर्ष ३० का लोकेन्द्र तिरुवा, २४ वर्षका लंक तिरुवा र २९ वर्षका जनक तिरुवा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइने भएको छ ।

उद्धार गरिएका मध्ये एक किशोरीलाई परिवारको जिम्मा लगाइसकेको छ । दुई किशोरीलाई भने माइती नेपालमा राखिएको छ । उनीहरुको आमा बाबुलाई पनि छोरीहरु लिन आउन खवर गरिएको प्रहरी निरीक्षक ओलीले बताए ।

मानव ओसार पसारमा संलग्न तीनै जनाले गाउँमा लगेर कपडा विक्री गर्ने गरेको खुलेको छ । कपडा बेच्न गाउँ पुगेका उनीहरुले बालिकाहरुलाई फकाएर भारत लैजाँदै थिए । फरक फरक मितिमा उनीहरुले बालिकाहरुलाई नेपालगञ्ज ल्याएर राखेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । घुम्नको लागि भन्दै उनीहरुलाई पशुपतिनगर पुर्याइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...