ज्वाँईले जेठानकी श्रीमती भगाएपछि....
कञ्चनपुर । जेठानकी श्रीमतीलाई ज्वाँईले मायाप्रेममा पारेर लगेका छन् ।
भारतको पिलिभित घर भई विगत डेढ दशकदेखि (नेपाल) कञ्चनपुरको भीमदत्त नगरपालिका-५ सुकासालमा बस्दै आएका ३० वर्षीय पन्नालाल मोर्याले जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाई भगाएर लगेका छन् । मार्याले उनलाई मायाप्रेममा परेर लगेको वा बेच्नका लागि लगेको बारे नखुलेको परिवारजनले बताएका छन् ।
बहिनी ज्वाँईले आफ्नै श्रीमती भगाएपछि जेठान हरिश दमाई हैरान भएका छन् । हरिस आमा रोहिता दमाई, दिदी ईश्वरी मोर्या (दमाई) सहित उनीहरुलाई खोजबिन र कार्बाहीका लागि शुक्रबार उजुरी गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आएका थिए ।
पन्नालालकी श्रीमती ईश्वरीले बिहीबार दिउँसो १२ बजेतिर श्रीमान तरकारी ल्याउँछु भन्दै बजार हिँडेको बताइन् । उता भीमदत्त नगरपालिका १० तिलकेनीका हरिस दमाईकी श्रीमती द्रोपति दमाई पनि पेट दुखेको भन्दै जिमुवा अस्पताल आउँछु भन्दै घरदेखि हिँडेका थिईन् ।
‘दुवै जना एकै साथ एकै समयमा आ–आफ्नो घरबाट निस्किए, अबेरपखसम्म पनि दुवै घर आएनन्, ‘ईश्वरीले भने, ‘मैले मेरा श्रीमान घरमा नआएपछि उता माइतमा फोन गरेर द्रोपतिको बारेमा बुझेँ । उनी पनि घर आएकी थिईनन्, मलाई थाहा भयो, कि दुवै जना भागेर भारत गए ।’ दुवैले चलाउँदै आएको फोन पनि नलागेपछि भागेको थाहा भएको उनले बताइन् ।
पन्नालाल र ईशवरीको ११ वर्ष पहिले मागी विवाह भएको थियो । उनीहरुका दुई छोरामात्रै छन् । यता हरिस र द्रोपतिको पनि १२ वर्ष अघि मागी विवाह भएको थियो । उनीहरुको दुई छोरीमात्रै छन् । पन्नालाल र द्रोपतिबीच फोन सम्पर्क हुने गरेको पन्नालालकी श्रीमती ईश्वरीले बताइन् । ‘दुवै जनाबीच फोन हुन्थ्यो ।’
उनले भनिन्, ‘मै त सोच्थे भाउजुसंग फोन गर्दैमा के हुन्छ ।’ आज श्रीमानका कारण दाजु र बहिनीको जिन्दगी बर्बाद भएको उनले दुखेसो पोखिन् । हरिसले ज्वाईसंगै भागेर गएकी श्रीमतीलाई कुनैपनि हालतमा स्वीकार नगर्ने जिकिर गरेका छन् । ‘मेरी बहिनीका श्रीमानसंग गएकी श्रीमतीलाई राख्ने कुरै भएन’ उनले भने, ‘यस्तो धोकादिनसँग कसरी बस्न सकिन्छ ।’
९हरिस–ईश्वरी०की आमान रोहिता दमाई यतिबेला ५० औँ बसन्तपार गरेकी छिन् । घटनाले उनलाई आकासबाट खसेको जस्तो भएको छ । ‘आफ्नो छोरी ज्वाईले बुहारी भगाएर लगेको छ ।’ उनले दुखेसो पोखिन्, ‘यो कलियुगमा यस्तो आचाकाली के भईरहेको छ ।’ उनी चिन्तत हुँदै भगवान पुकारदैछिन् । दुवैलाई कार्बाही गर्न उनले आग्रह गरिन् । कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस