लेखापालले गरेको फोहर सफाई नगर्दा विद्यालयबाटै निष्काशनमा परे दलित विद्यार्थी

Niskasan dalit

महोत्तरी । विद्यालयको सरसफाईमा सहभागी नबन्दा विद्यालयबाटै निष्कासित हुनुपर्छ भन्ने कसले सोचेको हुन्छ र ? तर, महोत्तरीको भगंहा हरिणमरीका मुकेशकुमार मल्लिक विद्यालय सरसफाई नगरेको आरोपमा विद्यालयबाट निष्काशित भएका छन् ।

उनी गाउँकै किशोरी जनता माविमा कक्षा ७ मा पढ्छन् । उनलाई प्रधानाध्यापक मनोहरकुमार यादवले विना कारण स्कुलबाट निष्काशन गरेका छन् ।

विद्यालयका लेखापाल राकेशकुमार यादवकी हजुरआमाको शुद्धी भोज विद्यालयमै गरिएको थियो । त्यही भोजको फोहोर सफा नगरेपछि मुकेश विद्यालयबाट निष्काशित हुनुपरेको छ ।

हेडसरले सफाइ गर्न भन्नुभयो, मैले मेरो दाइलाई बोलाएर सफा गर्न लगाउनुस्, म पढ्न आएको हुँ भनें’, मुकेशले भने, ‘त्यसपछि हेडसरले अब विद्यालय नआइज भनेर हप्काएर पठाए ।’

१८ जना शिक्षक र कर्मचारी कार्यरत विद्यालयमा प्रधानाध्यापक यादवको मनपरी रहेको जनाइएको छ । विद्यालयमा उनकी पत्नी, भान्जाभान्जी र भतिजा–भतिजी गरी ६ जना कार्यरत छन् ।

प्रधानाध्यापक यादवले भने आफूले उनीहरूलाई निष्काशन नगरेको दाबी गरे । मुकेशकै सुँगुरले गाडिएको फोहोर उधिनेपछि गह्नाउन थालेको र सोही सफा गर्न अन्य विद्यार्थी र शिक्षकलाई सहयोग गर्न मात्र भनेको उनको दावी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...