लेखा समितिको सरकारलाई निर्देशनः चिनीको मूल्य ६३ रुपैयाँ तोक्नुस्
काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ तोक्न सरकारलाई आदेश दिएको छ । बिहीबार बसेको समितिको बैठकले चिनीको मूल्यमा एकरुपता नदेखिएको र कृत्रिम अभाव सृजना गरी मूल्य बढाइएको भन्दै सरकारलाई न्युनतम मूल्य तोक्न निर्देशन दिएको हो ।
लेखा समितिले बजारमा चिनीको अवस्थाबारे बुझ्न सांसद लेखराज भट्टको संयोजकत्वमा एक समितिसमेत बनाएको छ । समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्नेछ । केही समयअघि चिनी उद्योगीहरुको दबाबमा सरकारले चिनी आयातमा कोटा तोकेपछि बजारमा चिनीको कृत्रिम अभाव देखिनुका साथै मूलय ह्वत्तै बढेको छ । बजारमा अहिले प्रतिकेजी ८५ रुपैयाँ सम्ममा चिनी किन्न उपभोक्ता बाध्य छन् ।
व्यवसायीहरुले उखु किसानको भुक्तानी दिन चिनीको आयात रोक्नुपर्ने माग गरेका थिए । उद्योगीहरुको माग बमोजिम चिनी आयातमा कडाई गर्न भन्सार दर ३० प्रतिसतसम्म वृद्धि गरिएको छ भने आयातको निश्चित कोटा तोकिएको छ । तर, किसानले उखुको भुक्तानी पाउन सकेका छैनन् ।
प्रतिकृया दिनुहोस