दुई लाखमा मिलाइयो बलात्कारको घटना, किशोरीले बयान फेरिन्, रिपोर्ट नआउँदै आरोपी छुटे

Loootera

कालिकोट । दुई महिनाअघि कालिकोटमा भएको बलात्कारको घटना दुई लाख रुपैयाँमा मिलाइएको छ । पीडित किशोरीले बयान फेरेपछि बलात्कारका आरोपी जिल्ला अदालतको आदेशमा छुटेका छन् ।

सान्नी त्रिवेणी गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २५ साउनमा सोही गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनकबहादुर बम पक्राउ परेका थिए । पीडित किशोरीले आफूलाई सान्नी त्रिवेणी गाउँपालिका–३ स्थित एक घरमा बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

उनले २५ साउनमा जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले जनकलाई पक्राउ गरेको थियो । जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनी पुर्पक्षका लागि थुनामा रहेका थिए । पैसाको लोभमा पीडितले बयान फेरेपछि आरोपी छुटेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले बताए । ‘सबै प्रमाण जुटाएर मुद्दा दर्ता गरियो । तर, पीडितले बयान फेरिपछि बलात्कार दोषीले उन्मुक्ति पाए,’ डिएसपी शर्माले भने ।

डिएसपी शर्माका अनुसार बलात्कारका आरोपी जनकको परिवारले पीडित परिवारलाई पैसा दिएपछि बयान फेरिएको हो । ‘जनकको परिवारले पीडित किशोरीको परिवारलाई दुई लाख रुपैयाँ दिएको रहेछ । त्यसकै आधारमा अदालतमा बयान फेरिएको जानकारी पाएका छौँ,’ डिएसपी शर्माले भने । १२ असोजमा अदालतले रिहा गर्न आदेश दिएपछि जनक छुटेका छन् ।

अधिकारकर्मीले दबाब दिएर मिल्न लगाएको आरोप लगाएका छन् । पीडित दलित परिवारलाई गाउँमा अप्ठ्यारो हुने अवस्था सिर्जना गरेपछि मिल्न बाध्य भएको अधिकारकर्मीको भनाइ छ ।

डिएनए रिपोर्ट नआउँदै रिहा

कालिकोट प्रहरीले पीडित किशोरीको भेजिन स्वाब र जनकको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा नमुना पठाएको छ । त्यसको रिपोर्ट आउन बाँकी रहेको डिएसपी शर्माले बताए । त्यो रिपोर्ट नआउँदासम्म दोषीलाई रिहा गर्न नहुने सरकारी वकिलको जिकिर थियो । तर, पीडितको बयानका आधारमा अदालतले रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालत जान सकिने

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गुहार्न सकिने जिल्ला बार एसोसिएनका अध्यक्ष हिक्मतबहादुर विष्टले बताए । ‘उच्च अदालत जान सक्ने आधार छन्,’ विष्टले भने । पीडितले नै बयान फेरेका कारण जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत जाने–नजाने यकिन गर्न सकेको छैन ।

पैसा लिएको छैन : पीडितका बुबा

पीडित किशोरीका बुबाले जनक परिवारबाट पैसा नलिएको बताए । उनले भने, ‘एकै गाउँमा बस्नु छ, मुद्दामामिला गरेर कसरी बस्नु ?’ पुरानो रिसका आधारमा बलात्कार आरोप लगाएको उनको भनाइ छ । ‘पुरानो रिस थियो, त्यसैले बलात्कार गरेको भनेर उजुरी दिएको थिएँ । त्यस्तो केही भएको थिएन,’ उनले भने । किशोरीका बुबाले नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...