निर्मला हत्या प्रकरण : फेरि कञ्चनपुर बन्द, ठाउँठाउँमा प्रदर्शन

Kanchanpur banda 766

कञ्चनपुर । १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा सार्वजनिकको माग राख्दै नेपाल विद्यार्थी संघले मंगलबार कञ्चनपुर बन्द गरेको छ । सरकारले वास्तविक हत्यारा सार्वजनिक गर्न ढिलाई गरेको भन्दै नेविसंघले दवाव स्वरुप जिल्ला बन्द गरेको हो ।

नेवि संघका नेता कार्यकर्ताले बिहानदेखि पूर्वपश्चिम महेन्द्रराजमार्ग लगायत महेन्द्रनगरका विभिन्न ठाँउमा टायर बालेर प्रर्दशन गरेका छन् । बन्दले कञ्चनपुरदेखि विभिन्न छोटो तथा लामो दुरीका सवारी साधान चल्न नसक्दा यात्रु अलपत्र परेका छन् । रोजगारी गरि दशैँ तिहारका बेला घर फर्केका परदेशी सवारी साधन चल्न नसक्दा चर्को भाडा तिरेर अटो, रिक्सा र मोटरसाईकलमा यात्रा गर्न बाध्य भएका छन् ।

बन्दका कारण शिक्षण संस्था, विद्यालय, कलकारखाना, उद्योग बजार बन्द हुँदा उपभोक्ता मारमा परेका छन् । नेवि संघ केन्द्रीय सदस्य एव जिल्ला संयोजक गणेश भट्टले सरकारले वास्तविक हत्यारा लुकाउन खोजेकाले नेवि संघ पुनः आन्दोलित भएको बताए ।

बन्दका कारण कञ्चनपुरका विद्यालय निरीक्षक रुपराम तिरुवाले उक्त सामुदायिक विद्यालयमा अध्ययनरत ७० हजार विद्यार्थीको पढाई प्रभावित भएको बताए । सरस्वती माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी छात्रा निर्मलाका वास्तविक हत्यारा तुरुन्तै सार्वजनिकको माग राख्दै आन्दोलन गर्नु परेको नेताहरुले बताएका छन् । उनका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एक दिने बन्दको कार्यक्रम रहेको छ ।

नेवि संघका केन्द्रीय सहमहामन्त्री अच्युतराज कलौनीले सरकारले सुशासन, भ्रष्टाचार रोक्न नसक्दा बाध्य भएर आन्दोलिन हुनु परेको बताए । उनले सरकारले नैतिकता गुमाएको बताउँदै वास्तविक हत्यारा सार्वजनिक गर्न सुझाव दिए । कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्ड न्यारोडाउन विधीबाट अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...