अनैतिक सम्बन्ध खुल्ने डरले देवरानीले गरे जेठानीको हत्या !

Dath  bodyyy

धनुषा । धनुषामा अनैतिक सम्बन्ध खुल्ने डरले एक महिलाको हत्या भएको रहस्य खुलेको छ ।

गएको असोज ३ गते आफ्नै कोठामा मृत फेला परेकी धुनषाको हंसपुर नगरपालिका–८ की २८ वर्षीया सञ्जुदेवी मण्डलको हत्या भएको हो ।

आफ्नै कोठामा मृत फेला परेकी सञ्जुले आत्महत्या गरेको शंका गरिए पनि जनकपुर अञ्चल अस्पतालमा भएको पोस्टमार्टम रिपोर्टले उनको घाँटी थिचेर मृत्यु भएको देखाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

अनुसन्धानको क्रममा प्रहरीले सञ्जुको हत्या आरोपमा उनकी देवरानी २४ वर्षकी बिकाकुमारी मण्डल र स्थानीय २७ वर्षका लालबाबु मण्डललाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले अनुसन्धानको क्रममा बिकाकुमारी र लालबाबुबीच अनैतिक सम्बन्ध रहेको अञ्जुले थाहा पाएपछि उनीहरु दुवैजना मिलेर हत्या गरेको प्रहरीमा बयान दिएका छन् । उनीहरुको सम्बन्धबारे अञ्जुले थाहा पाएपछि बाहिर सार्वजनिक गर्छन् कि भन्ने आशंकामा उनको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका बिकाकुमारी र लालबाबुले सञ्जुको हत्या गरेको प्रहरीमा बयान दिएको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्रबहादुर शाहीले बताए ।

बिकाकुमारी र लालबाबुले घटनामा प्रयोग गरेको ग्लोब्ससमेत फेला परेको र दुवैजनामाथि थप अनुसन्धान भैरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...