ज्येष्ठ नागरिकको ज्ञानको पुञ्जले नै समुन्नत समाजको निर्माणः राष्ट्रपति भण्डारी

28 tha jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकसित रहेका अथाह ज्ञान, सीप र अनुभवलाई देश विकासमा लगाउनुपर्ने औंल्याएकि छन् ।

राष्ट्रपति कार्यालयद्वारा २८औं ज्येष्ठ नागरिक दिवसका अवसरमा सोमबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकमा रहेका ज्ञानको पुञ्जले नै समुन्नत समाजको निर्माण गर्न सकिन्छ भनिन् । उनले मानिसको जीवनचक्रानुसारको भौतिक संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकलाई दया र मायाका पात्रबाट होइन, राष्ट्र निर्माणका धरोहरका रुपमा लिन आग्रह गर्दै सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताताइन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजका कला, साहित्य, राजनीति, पत्रकारिता, प्रशासन, चिकित्सा, इतिहास, वैदेशिक मामिलालगायत क्षेत्रका अग्रणी ज्येष्ठ नागरिकसित भलाकुसारीसमेत गरेकि थिइन् । कार्यक्रममा प्रदेश नं ३ का प्रमुख अनुराधा कोइराला, वरिष्ठ साहित्यकार वैरागी काइँला, तारानाथ शर्मालगायतको सहभागिता थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...