सोह्र श्राद्ध अर्थात पिण्ड दानमा भुलेर पनि नगर्नुस् यी गल्तीहरु :
काठमाडौं । अहिले पिण्ड दान अर्थात सोह्र श्राद्ध चलिरहेको छ ।
आफ्ना पितृहरुबाट आर्शिवाद पाउने यो उचित अवसर पनि हो । यो समयमा पितृहरुले आश गरेर बसिरहने भएकोले जसरी पनि श्राद्ध गरेर पिण्ड दान गर्नुपर्छ भन्ने मान्यता छ ।
आज हामी सोह्र श्राद्धको समयमा भुलेर पनि गर्न नहुने १० गल्तीको बारेमा यहाँहरुलाई जानकारी गराउदैछौँ ।
१. मासु र मदिराको सेवन नगर्नुहोस् ।
२. देवः कार्यहरु जस्तैः हवन, रुद्री वा अन्य पुजाहरु नगर्नुहोस् ।
३. कसैबाट उधारो लिएर काम नगर्नुहोस् ।
४. नयाँ घर, जमिन र सवारी नकिन्नुहोस् ।
५. यदि घरहरु पुरानो भएको छ भने पनि यो १६ दिन मर्मतसम्भारको कामन नगर्नुहोस् ।
६. सम्भव भए परिवारका सबै सदस्यहरुले नयाँ कपडा र गहना नकिन्नुहोस्
७. कुनै पनि परिस्थितिमा झुटो र धोकाले भरिएको कामहरु नगर्नुहोस् ।
८. घरको कुनैपनि कोठा–कुना अध्यारो नराख्नुहोस् ।
९. घरपरिवार र कुलको आचरणको बिरुद्धमा केहि पनि नगर्नुहोस् ।
१०. यदि श्राद्ध परिवारको जेठो दाजुले मात्र गर्छन् भने अन्य भाईहरुले दाईले गरे अनुसारका कर्मलाई पछ्याउँदै जानुहोस् ।
प्रतिकृया दिनुहोस