बाल सम्मेलन स्थलमा धुजाधुजा पारेर किन च्यातियो बाल विधेयक ?

कार्यबहाक प्रधानमन्त्रीलाई कार्यक्रममा ल्याउन सक्नेले जघन्य अपराध हुँदा चुइक्क बोल्नु पर्दैन ?

Chatiyo bal bidheyak

काठमाडौं । काठमाडौंको राष्ट्रियसभा गृहमा भएको राष्ट्रिय बालिका सम्मेलनमा कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेल सहभागी थिए । तर, पोख्रेल सहभागी भएकै कार्यक्रममा बालबालिका वियेधक च्यातिएको छ ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको सो सम्मेलनमा बालअधिकारकर्मीहरुले ‘बालिका सम्मेलन मुर्दावाद, डलरखेती बन्द गर’ लगायतका नारा लगाउँदै ‘बालबालिका सम्बन्धी बिधेयक, २०७५’ च्याते ।

प्यानल डिस्कसन भइरहेका बेला प्रश्न राख्ने समयमा राष्ट्रिय अभियानका संयोजक प्रविण सिलवालले ‘निर्मलाको निम्ति न्यायको आवाज उठ्यो तर, तपाईंहरु किन उठ्नु भएन’ भनेर प्रश्न राखेका थिए ।

कार्यबहाक प्रधानमन्त्रीलाई कार्यक्रममा ल्याउन सक्नेले बालिका हत्या जस्तो जघन्य अपराध हुँदा चुइक्क बोल्नु पर्दैन ?’, सिलवालले प्रश्न गरेका थिए । लगत्तै, उनले बालबालिका सम्बन्धी विधेयक, २०७५ बारे सह–सचिवलाई प्रश्न राखेका थिए ।

विधेयकले बालश्रमलाई बालबालिका सम्बन्धी कसुरमा पनि राखिएको छैन । उमेर हद पनि १४ वर्षमा झारिएको छ । यसले बालबालिकालाई श्रममा प्रयोग गर्न फुकुवा गरेको छ । यसलार्य बाल अिधकारकर्मीहरुलेआपत्ति जनाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...