धुमधामसँग जितिया पर्व मनाउदैँ, किन मनाइन्छ यो पर्व ? यस्तो छ मान्यता

Jitiya parba

सप्तरी । हिन्दू नारीहरुले पति तथा सन्तानको सुख, शान्ति र दीर्घायूको कामना गर्दै मनाउने जितिया पर्व सोमवारदेखि शुरु भएको छ ।

जितिया मिथिलाञ्चलमा महिलाले धुमधामसँग मनाउँछन् । जितिया कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म मनाइन्छ । पहिलो दिन सप्तमीमा ‘नहा, खा’ (नुहाएर मात्र खाने) विधिबाट जितिया शुरु हुन्छ ।

पहिलो ब्रतालुले नदी, पोखरी तथा जलासयमा स्नान गरी घिरौलाको पातमा पिना, तेल, सिन्दुर र जितमाहनको पूजा गर्छन् ।

दोस्रो दिन अष्टमीमा ब्रतालुहरु २४ घण्टा निराहार बसेर जितमाहनको कथा सुन्छन् । अन्तिम दिन अर्थात् नवमीमा ब्रतालुहरुले नदी, पोखरी तथा जलाशयमा स्नान गर्छन् र घरमा आएर चौका लगाएर चिउरा, दही तथा सखरको प्रसाद अर्घ दिएर ब्रत समाप्त गर्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...