अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएकोमा मन्त्रीकै गुनासो

Apanga samman

काठमाडौं । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले समाजमा अझैं महिला, बालबालिका र अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नआएको भन्दै गुनासो गरेकी छन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गर्ने विभिन्न संघ/संस्थालाई पहुँचयुक्तता अवार्ड प्रदान गर्न आइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले महिला, बालबालिका र अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नआएसम्म परिवर्तनको महसुस गर्न नसकिने बताइन् ।

उनले अपांगता भएका व्यक्तिलाई धर्म र पापसँग जोडेर हेर्ने गरिएका कारण यस्तो सोचमा परिवर्तन आउनुपर्ने बताइन् । ‘यस्तो गलत सोच, चिन्तन र व्यवहारलाई सबैं मिलेर हटाउनुपर्छ’ उनले भनिन्, ‘समतामुलक समाज निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने अवस्था आएको छ ।’

मन्त्री थापाले मन्त्री थापाले अपाङ्गतामैत्री संरचनाका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्दता पनि जनाइन् ।

सो कार्यक्रममा महासंघका अध्यक्ष सुदर्शन सुवेदीले नेपालका भौतिक संरचना अपांगमैत्री नभएकाले कामकाजमा समस्या आएको बताए । उनले पछिल्ला दिनमा केही सुधार भए पनि यसलाई सन्तोषजनक मान्न नसकिने बताए ।

सो कार्यक्रममा योर्क युनिभर्सिटीकी प्रोफेसर डा.मार्सिया रियोक्स, चन्द्रागिरी हिल्स प्रालिका प्रवन्ध निर्देशक अभिशेकविक्रम शाह लगायतले अबका दिनमा भौतिक संरचना निर्माण गरिँदा अपांगमैत्री बनाउनुपर्नेमा जोड दिए ।

अपाङ्गता भएका व्यक्तिको हक अधिकार संरक्षण, प्रवर्धन र संवर्धन गर्ने उद्देश्यले विस. २०५० देखि निरन्तर क्रियाशिल राष्ट्रियस्तरको छाता संस्था हो । सो संस्थामा अपाङ्गता भएका व्यक्तिहरुले सञ्चलन गर्दै आएको ३ सय ३१ गैरसरकारी संस्थाहरु आवद्द छन् ।

नेपालको जनगणना २०६८ अनुसार पाँच लाख १३ हजार ३ सय २१ जना मानिस अपांगता भएका छन् । यसमा शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, दृष्टिविहीन १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत रहेका छन् ।

बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी १ दशमलव ८, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता २ दशमलव ९ र बहुअपाङ्गता भएका ७ दशमलव ५ प्रतिशत रहेका छन् ।

पहुँचयुक्तता अवार्ड वितरण
महासंघले अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गर्ने विभिन्न संघ/संस्थालाई ‘पहुँचयुक्तता अवार्ड’ प्रदान गरेको छ ।

महासंघले भौतिक संरचना तथा सञ्चार सेवामा पहुँचयुक्तता प्रवर्धन एंव सुनिश्चितचताका लागि काम गरी रहेका र अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीको अवसर प्रदान गर्ने तीन वटा संघ/संस्थालाई सो अवार्ड प्रदान गरेको हो ।

सो अवसरमा होटल हार्दिक बागबजार, चन्द्रागिरि हिल्स प्रालि चन्दागिरी र खेम्स क्लिनिङ कंलकीलाई सो अवार्ड प्रदान गरेको हो । सोही अवसरमा महासंघले योर्क युनिभर्सिटीकी प्रोफेसर डा.मार्सिया रियोक्सलाई प्रशंसा पत्र प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...