निर्मला हत्याको प्रतिवेदन सार्वजनिक गर्न माग कञ्चनपुरमा शैक्षिक हड्ताल आह्वान

Nirmala partibedan

महेन्द्रनगर । निर्मला हत्याकाण्डबारको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा सोमबार (असोज १५ गते) शैक्षिक हड्ताल आह्वान गरिएको छ । उच्चस्तरीय छानविन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल विद्यार्थी संघ कञ्चनपुरले शैक्षिक हड्ताल आह्वान गरेको हो ।

घटना घटेको दुई महिना भन्दा बढि भइसक्दा पनि हत्यारा पहिचान हुन नसक्नु र छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखेकोले बाध्य भएर हड्ताल गर्नु परेको नेविसंघका नेता किशोर जोशीले बताए ।

उच्चस्तरीय छानविन समितिको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखेर सरकारले बलात्कारीलाई बचाउन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको उनको भनाई छ । विद्यार्थी नेताहरुले तत्काल प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारवाही नगरेमा आफुहरु शसक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गत भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानविन समितिले घटनाबारे एक महिना अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाइए पनि सार्वजनिक भएको छैन ।

गत साउन १० गते पढ्न भनेर साथीको घरमा गएकी भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त बलात्कार गरी हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा फेला परेकी थिइन् ।

बलात्कार र हत्यामा संलग्न रहेको आशंका गरिएका तत्कालीन एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुश विष्टको डीएनए रिपोर्ट मेल नखाएपछि स्थानीयबासी सरकारले अपराधी लुकाउन खोजेको भन्दै थप आक्रोसित बनेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...