सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो
काठमाडौं । सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिन ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ७२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ७ सय ३५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस