कहिले पक्राउ पर्लान् महिला बलात्कार गर्ने बलात्कारी वडाध्यक्ष

Rape 14

तनहुँ । कानुन नै आफ्नो हातमा भएपछि कसले के गर्न सक्ला र ? धेरैको बुझाई यस्तै हुन्छ । र, हालसम्म पनि यस्तै भएको छ । नपत्याए तनहुँका एक वडा अध्यक्षको व्यहार हेरे पुग्छ ।

घिरिङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष झकबहादुर कुमालमाथि गत वैशाखमा नवलपरासी डेढगाउँकी एक महिलालाई बलात्कार गरेको आरोप लागेको । तर, पाँच महिना पुगिसक्दा पनि उनी पक्राउ पर्न सकेका छैनन् ।

उनी बलात्कार गरेको आरोप लागेलगत्तै कार्यवाहक छाडेर बेपत्ता भएका कुमाल गाउँमा आउजाउ गरिरहन्छन् । कुमाल नियमित घर आउने र रात बस्ने गरे पनि उनलाई पक्रन प्रहरीले तदारुकता देखाएको छैन ।

उनीविरुद्ध पक्राउ गर्न नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रहरीमा उजुरीसमेत परेको छ । तर, कुमाल तनहुँ बस्ने भएकाले पक्राउ गर्न नलवपरासी प्रहरीले पत्राचार पनि गरेको छ ।

बरु कुमालले ती महिलालाई पत्नीकै रुपमा राखेर बलात्कारको जाहेरी फिर्ता गराउन वडाध्यक्षले प्रयासमा रहेको ती महिलाका आफन्तको दाबी छ । त्यसैले पनि महिला असुरक्षाले दमौली बस्न थालेकी हुन् ।

घटनाको लामो समयसम्म समेत नपक्रिदाँ एकातिर पीडित महिलाले असुरक्षा भोगेकी छन् भने अर्कोतिर कानुनी कारबाही अघि बढ्न सकेको छैन ।

अहिले देशैभर बलात्कारका घटनामा कारबाहीको चर्को दबाब परिरहेका बेला तनहुँमा यति लामो समयसमम पनि दोषी पक्रन नसक्नु दुःखद् भएको प्रदेशसभा सदस्य सरिता गुरुङले बताइन् ।

कुमाल तत्कालीन एमाले तथा हाल नेकपामा आवद्ध छन् । राजनीतिक दबाबका कारण उनलाई नपक्रेको आरोपसमेत प्रहरीमाथि लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...