महिलाले उद्योग सञ्चालन गरे सहुलियत ऋणः मन्त्री थापा

Thammaya thapa

काठमाडौं । महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले महिलाले संञ्चालन गरेका उद्योगलाई सरकारले सुलभ ऋण उपलब्ध गराउने बताएकी छन् ।

ललितपुरमा शनिबार आयोजित महिला उद्यमीहरुको एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले महिलाले संचालन गरेका उद्योगलाई प्रोत्साहन गर्ने र सुलभ व्याजमा ऋण उपलब्ध गराउने नीति सरकारले लिएको बताइन्।

महिला उद्यमीको विकास र प्रवद्र्धनका लागि प्राविधिक तालिम, सुलभ व्याजको ऋण लगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने नीति लिएकाले महिला उद्यमशिलताको विकास गर्न सकिनेमा सरकार दृढ रहेको बताइन् ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अझै पनि अत्यन्तै न्युन संख्यामा मात्रै महिला उद्यमी रहेको भन्दै सिप विकासमा सरकारले लगानी गर्नुपर्ने बताए ।

उद्योग वाणिज्य महासंघको महिला विभागले महिला उद्यमीहरुको एक दिने कार्यशाला गोष्ठी आयोजना गरेको हो। गोष्ठीमा सहभागी महिला उद्यमीले महिलाले संञ्चालन गरेका उद्योगको विकास र प्रवद्र्धनका लागि विस्तृत कार्ययोजना ल्याउन सरकारलाई सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...