महिला हिंसाविरुद्ध महाअभियान सुरु गृहमन्त्री थापाद्वारा प्रदेश ५ बाट उद्घाटन

Hinsa nunikarn garna thapa jpg

बुटवल । गृहमन्त्री रामबहादुर थापाले महिला तथा बालबालिका हिंसाका घटना न्यूनीकरण अभियान शुरुवात गरेका छन् । लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियानसँग जोडेर मन्त्री थापाले शनिबारदेखि प्रदेश नं ५ बाट उद्घाटन गरी देशव्यापीरुपमा अभियान शुरुआत गरे ।

सरकारले शुरु गरेको यो अभियान समाजमा रहेको सबै किसिमका अपराध र अपराधीविरुद्धको अभियान भएको बताउँदै उनले यस अभियानलाई जनता मिलेर सफल बनाउने मुख्य अभिभारा रहेको बताए ।

उनले अपराधका घटना नियन्त्रणका लागि मन्त्रालयले विशेष योजनासहित राज्यका जनप्रतिनिधि रहेका तल्लो तहसम्म गएर कार्यान्वयन गर्ने र सबै तहमा राज्यका जनप्रतिनिधिले नागरिक समाज, जनतालाई समेटेर अभियान थाल्न निर्देशन दिए ।

गृहमन्त्री थापाले समतामूलक समाज निर्माणमा प्रमुख बाधकका रुपमा अझै पनि समाजमा रहेका दलाल, पूँजीपति र सामन्तवर्गलाई पहिचान गरेर समृद्धिको बाटोबाट हटाउन आवश्यक रहेको बताए ।

उनले समाजवादको नयाँ अभियान आजको आवश्यकता भएको बताउँदै समाजवाद निर्माणमा सरकार राज्यका सबै संयन्त्रभित्र र बाहिर बाधकका रुपमा समाजमा रहेकाले यिनका विरुद्ध सरकार र जनता एक भएर लड्न आवश्यक छ भने ।

गृहमन्त्री थापाले आवश्यक परे संसद्बाट ऐन कानूनको निर्माण र संशोधन गरेर पनि सरकारले आपराधिक गतिविधि न्यूनीकरणका लागि कडा कारवाही गर्ने बताए ।

उनले वर्तमान सरकारको समृद्धि र विकाससँगै समाजवादको मार्गमा मुख्य शत्रु राजनीतिक दल, कर्मचारी संयन्त्र, अदालतभित्रका दलालका कारण समस्या भएको बताउँदै यिनीहरु नै जनताका शत्रु रहेको र यिनलाई कारवाही नगरेसम्म समृद्धि र समाजवाद सम्भव नरहेको बताए ।

उनले भने, “राजश्व ठग्ने तस्कर व्यवसायी, वैदेशिक रोजगारीका नाममा सर्वसाधारण ठग्ने ठग म्यानपावर व्यवसायी, कमसल सडक बनाएर दुर्घटना निम्त्याउने ठेकेदार र उनीहरुसँग मिलेर जनताको करबाट तलब खाएर गलत काम गर्ने प्राविधिक र भ्रष्ट कर्मचारी जनताका शत्रु हुन्, यिनीहरुलाई सरकार र जनता मिलेर समाप्त पार्नुपर्छ ।”

गृहमन्त्री थापाले अपराधका घटनालाई धेरै राजनीतिकरण नगर्न पनि आग्रह गर्दै पोखरा बारा लगायतका स्थानमा भएका बलात्कारका घटनामा संलग्नलाई प्रहरीले तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याएको बताए ।

उनले निर्मला पन्तको बलात्कार र हत्याको घटनामा बढी राजनीतिक हावीसमेत भएको बताउँदै भने, “अहिलेसम्म हजारौँ निर्मलाको बलात्कार भएको छ तर यसमा बढी राजनीतीकरण निर्मलाको बलात्कार र हत्यामा संलग्न पनि उम्कन सक्ने छैन ।”

कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध कारोवारी र यिनीहरुको सञ्जाल तोड्नु आवश्यक रहेको बताउँदै समाजका यस्ता अपराधीलाई कानूनको दायराका ल्याउन निर्भिकता र निष्पक्षताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन दिए ।

उनले महिला तथा बालबालिका हिंसाका अत्यधिक घटना लागुऔषध तथा मदिराकै कारण हुने गरेको बताउँदै गत आर्थिक वर्षमा मात्र मदिराका कारण सात वटा घटना जबर्जस्ती करणी र नौ वटा घटना जबर्जस्ती करणी उद्योगका घटना रहेको जानकारी दिए ।

महानिरीक्षक खनालले गत आर्थिक वर्षमा देशभरिबाट तीन हजार ८८ मुद्दा लागुऔषधका कारण हत्या, हिंसा, अपहरण, चोरी र डकैती र लुटपाट प्रहरीमा दर्ता भएकोसमेत जानकारी दिए ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव तीर्थराज ढकालले प्रदेश सरकारले महिला तथा बालबालिका हिंसा न्यूनीकरणका लागि प्रदेश सरकारको आवधिक योजनामै कार्यक्रमा समावेश गरेर कार्यान्वयन गर्ने जानकारी दिए ।

प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बराल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अनुसन्धान विभागका मुख्य निर्देशक दिलीप रेग्मी, मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतले हिंसा नियन्त्रणका लागि सामाजिक अभियानमा सहभागी हुनुपर्ने बताए ।

प्रदेशस्तरीय कार्यक्रमका रुपमा आज प्रदेश ५ बाट शुरु भएको यो अभियान सातवटै प्रदेशमा शुरु गरिने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...