वडास्तरीय टी टवान्टी क्रिकेट प्रतियोगिता सुरु

Kriket kanchanpur

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

भीमदत्त नगरपालिका वडा नं. १२ ले दशै तिहारको अवसर पारी क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा २० टीमले भाग लिएका छन् ।

ऐरीस्थित पूर्णा माध्यमिक विद्यालयको खेल मैदानमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले ब्याटिङ र सभापति वडा अध्यक्ष कृष्ण सिह देउपाले बलिङ गरी खेल सुरुवात गरे ।

वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उदघाटन कार्यक्रममा नगर प्रमुख विष्टले नगर क्षेत्रका खेलकूद विकास र विस्तारलाई नगरपालिकाले प्राथमिकता दिएको उल्लेख गर्दैै सबै वडामा खेलकूदका कार्यक्रम गरिने बताए ।

‘क्रिकेट लगायतका खेलको विकास र विस्तारका लागि प्राथमिकता दिएका छौ, त्यस अनुसार वडा वडामा खेलकूद कार्यक्रम गरिरहको छौ’ उनले भने,‘विद्यालय स्तरबाट खेलाडी उत्पादनको लक्ष्य लिएर अघि बढेका छौ ।’

अहिले भीनपा वडा नं. ९ मटेनामा खेल मैदान बनाउन सुरु गरिएको छ । स्थानीय तह निर्वाचनबाट पाएको भीनपालाई समृद्ध बनाउने जिम्मेवारी पूरा गर्न अल्पकालिन र दिर्घकालिन योजना बनाएर विकास निर्माण सहितका कार्य सुरु गरिएको बताए ।

स्थानीय तह निर्वाचनको एक वर्षमा मेयर कप भलिबल प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय खेलकूद प्रतियोगिता आयोजना गरिएको र अन्य जिल्लाका खेल प्रतियोगितामा सहभागी उल्लेख गर्दै उनले नगर स्तरीय खेलकूद समिति छिट्टै गठन हुने बताए । भीनपालाई खेल पर्यटन क्षेत्रका रुपमा विकास गरिने नगर प्रमख विष्टले बताए ।

भीनपा वडा नं. १२ का अध्यक्ष देउपाको सभापतित्वमा गरिएको कार्यक्रममा नगर प्रवक्ता राजेन्द्र पाण्डेय, वडा नं. १५ का अध्यक्ष भीमबहादुर शाहु, ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, १० का अध्यक्ष प्रमानन्द जोशी, ९ का अध्यक्ष राम नाथ, २ का अध्यक्ष डम्बरसिह कार्की, ७ का अध्यक्ष शंकरबहादुर कुँबर, १७ का अध्यक्ष हिमालबहादुर चन्द, १३ का अध्यक्ष लालबहादुर शाही, १४ का अध्यक्ष उत्तमबहादुर विष्ट, १९ का अध्यक्ष दामोदर महरा, ११ का अध्यक्ष प्रेमप्रसाद जैसी, कार्यपालिका सदस्य गीता ओली, द्रोपती जोशी, पूर्णा माविका व्यवस्थापन समिति अध्यक्ष पूर्णसिंह क्षेत्री, क्रिकेट प्रशिक्षक विरु शाही, गणेश आग्रीलगायत सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...