न्यून दृष्टियुक्तका लागि अनलाइनमै ७ लाख पुस्तक

Disable news

काठमाडौं । अब न्यून दृष्टियुक्त भएका व्यक्तिले सात लाख पुस्तक अनलाइनबाटै पढ्न पाउने भएका छन् ।

ती पुस्तक अनलाइनमा अंग्रे्रेजी, हिन्दी लगायतका ३६ भाषामा पढ्न पाइन्छ । बुकशेयरले नेपाली न्यून दृष्टियुक्तलाई समेत बुकशेयरको निःशुल्क सदस्यता प्राप्त गर्ने निर्णयसमेत गरेको छ ।

डेजी नेपाल मञ्चले पहुँचयुक्त सूचना प्रविधिको प्रयोगबाट न्यून दृष्टियुक्तका लागि पढाइ दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नदेखे नि पढौं’ अभियानअन्तर्गत डेजी र इपब पुस्तक अनलाइनमा उपलब्ध गराउने ‘बुकशेयर’ ले ती पुस्तक अनलाइनमा राखिएको जनाएको छ ।

मञ्चका संयोजक डा. वीरेन्द्रराज पोखरेलले अभियानअन्तर्गत मोबाइल ई–पुस्तक पढ्न पोखरा र काठमाडौंमा गरी ६ सय न्यून दृष्टियुक्त विद्यार्थीलाई इएन्ड्रोइड मोबाइल उपलब्ध गराइएको बताए ।

नेपाली न्यून दृष्टियुक्त तथा एन्ड्रोइडको प्रयोगबाट श्रव्य पुस्तक पढ्ने अभ्यासलाई सर्वव्यापक बनाउने सन्दर्भमा अपाङ्गता, अधिकार र विकासका लागि क्रियाशील–नेपाल (एड्राइ) नामक संस्थाको समन्वय र बुकशेयर, नेपाल नेत्रहीन संघ र रोटरी क्लब जावलाखेल लगायतको सहकार्यमा ‘नदेखे नि पढौं’ विषयको क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी काठमाडौं र पोखरामा सञ्चालन भएको थियो ।

नेपालको जनगणना २०६८ अनुसार अपाङ्गता भएका व्यक्तिको जनसंख्या ५ लाख १३ हजार ३ सय २१ छ । यसमा शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, दृष्टिविहीन १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत छन् ।

त्यसैगरी बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति ११ दशमलव ५, श्रवण न्यून दृष्टियुक्तसम्बन्धी १ दशमलव ८, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता दुई दशमलव नौ र बहुअपाङ्गता भएका ७ दशमलव ५ प्रतिशत छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...