आफ्नै काकाले १० वर्षीय भतिजको हत्या गरे, किन ? हेनुहोस्
दोलखा । शैलुङ गाउँपालिका ८ स्थित शैलुंगेश्वरमा १० वर्षका कुशल विश्वकर्माको हत्या उनकै काकाले गरेको खुलेको छ ।
१५ दिनदेखि बेपत्ता भई बुधबार शव फेला परेको छ । तिजको दिन शैलुंगेश्वरनजिकै भैँसे डाँडामा जात्रा हेर्न गएका वेला कुशललाई २५ वर्षीया काका उमेश विश्वकर्माले हत्या गरेको खुलेको हो ।
बुधबार शव भेटिएपछि आशंकाको आधारमा नियन्त्रणमा लिएका उमेशले भतिजको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बुधबार भैँसेभन्दा करिब १ किलोमिटरमाथि जंगलको खोल्सामा आधा पुरेर स्याउलाले छोपेका अवस्थामा शव भेटिएको थियो ।
बाबुआमासँगको रिसइबीका कारण उनले भतिजको हत्या गरेको पाइएको प्रहरीले बताएको छ । स्रोतले दिएको जानकारीअनुसार उमेशले हत्या गरेको स्वीकार गरी प्रहरीसमक्ष यस्तो बयान दिएका छन् ।
प्रहरीसमक्ष उमेशको यस्तो बयान
२७ भदौमा तिजको रौनक थियो । शैलुंगको भैँसे बजारनजिकै शिव मन्दिरमा लागेको मेला हेर्न जाँदै गर्दा जंगलको बाटोमा भेटेको थिएँ । कता हिँडिस् फुच्चे भनेर सोध्दा जहाँ जान लागे पनि तँलाई के मतलव भनेर जवाफ फर्काएपछि रिस उठ्यो र घाँटीमा समातेर उचाली अन्डकोषमा दुई मुक्का हान्दा मृत्यु भयो । त्यसपछि बोकेर २० मिनेटजतिमाथि जंगलको खोल्सीमा स्याउला र माटोले छोपेर फर्किएको हुँ ।
प्रतिकृया दिनुहोस