शहीद सन्नी खुनाका परिवारलाई भीमदत्त नगरपालिकाद्वारा सहयोग हस्तान्तरण

Napa bat sahayog hastantran

महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको लागि भएको आन्दोलनक्रममा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका शहीद सन्नी खुनाका परिवारलाई भीमदत्त नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

शहीद खुनाका बुवा वीरबहादुर खुना भिमदत्त नगरपालिकामा सफाईको काम गर्ने कर्मचारी समेत हुन् । भीमदत्त नगरपालिका कार्यालयमा बिहीबार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख सुरेन्द्र विष्टले खुनाका परिवारलाई तीन लाख सहयोग गरे । खुनाको निधनपछि उनका भाई बहिनीको पठनपाठन सहित परिवारलाई सहयोग पुग्ने गरी सहयोग गरिएको प्रमुख विष्टले बताए ।

निर्मला पन्तका दिदी र बहिनीको शिक्षाका लागि नगरपालिकाबाट सहयोग रकम घोषणा गरिएको उल्लेख गर्दै उनले पन्तको स्मृतिमा विद्यालयमा उद्यान निर्माण र शव भेटिएको स्थानमा प्रहरी चौकी निर्माणका लागि सहयोग गरिने पनि जनाए । निर्मलाका परिवारले कार्यालयमा सम्पर्क राख्ने वित्तिक्कै नगरपालिकाबाट घोषणा गरिएको सहयोग रकम प्रदान गरिने उनले बताए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका २ कि निर्मला पन्तको गत असार ११ गते उखुवारीमा बलात्कार पछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।

निर्मला पन्तका वास्तविक हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा भदौ ८ गते प्रहरीले चलाएको गोली लागेर १४ वर्षिय सन्नी खुनाको निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...