दक्षिण कोरियाको नेपाललाई सहयोग

Nepal south korea flag

काठमाडौं । नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि दक्षिण कोरियाले ५५ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

बुधबार अर्थसचिव डा। राजन खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्कले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि यो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

दक्षिण कोरियाको ‘कोइका’ नामक अन्तराष्ट्रिय एजेन्सीमार्फत् नेपाल सरकारलाई उपलब्ध गराउने यो आर्थिक सहायता नेपालको प्राविधिक तथा व्यवसायिक शिक्षाको गुणस्तर वृद्धि गर्ने कार्यक्रममा खर्च हुने अर्थ सचिव खनालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्कले नेपालको सामाजिक–आर्थिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको थियो । उनले व्यवसायिक तथा प्राविधिक शिक्षा विकासमा नेपालले उल्लेख्य प्रगति गर्ने विश्वास पनि व्यक्त गरे ।

दक्षिण कोरियाले नेपालको आर्थिक–सामाजिक क्षेत्रको विकासमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...