निर्मला हत्याबारे छानविन गर्न गठित समितिले मंगलबार प्रतिवेदन बुझाउँदै

Nirmala panta 5

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको छानविन गर्न गठित समितिले भोलि (मंगलबार) सरकारलाइृ प्रतिवेदन बुझाउने भएको छ । गत भदौ ७ गते सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन समितिले यसअघि भदौ ३० गते गृह मन्त्रालयलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो ।

त्यसमा प्रहरीको कमजोरी रहेको औंल्याएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरिएको थियो । अब भोली बिस्तृत प्रतिवेदन बुझाउन लागिएको हो । समितिले अनुसन्धानमा देखिएका सबै कुरा प्रतिवेदनमा उल्लेख गरेको बताएको छ ।

निर्मलाको बलात्कार र हत्याको अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शंकास्पद देखिएपछि गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका सहसचिव मैनालीको नेतृत्वमा भदौ ७ गते उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।

यसअघि समितिका एक जना सदस्य वीरेन्द्र केसीले निर्मलाका हत्यारा शत्तिशाली भएको दाबी गर्दै आफ्नो ज्यान अशुरक्षित भएको भन्दै राजीनामा दिएका थिए । त्यस क्रममा उनले निर्मलाको हत्याराबारे सबै कुरा बताउँदा समाजमा अशान्ति हुनसक्ने पनि बताएका थिए । पछि ‘राजनीतिक दबाब’मा उनले राजीनामा फिर्ता लिएर पुनः समितिमा फर्किएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...