निर्मला हत्याविरुद्ध शुक्रबार पनि विरोध प्रदर्शन

Ktm ma birodha

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा शुक्रबार पनि राजधानीमा विरोध प्रदर्शन भएको छ । हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरिएको हो ।

बालिका पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै शुक्रबार पनि काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध -यालीसहितको प्रर्दशन गरियो ।

संयुक्त महिला संघर्ष समितिको आह्वानमा आयोजना गरिएको विरोध प्रर्दशनमा महिला तथा बालिकामाथि हुने हत्या, हिंसा र बलात्कारको घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो ।

प्रर्दशनकारीहरुले हत्या, हिंसा र बलात्कारको घटनाका कारण जनता शोकमा परेका बेला पनि जोकसहितको भाषण गर्ने गरेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई व्यंग्य गरिएको प्ले–कार्ड समेत प्रर्दशन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...