किशोरीलाई दिन थालियो आत्मरक्षा तालिम

Kishori

काठमाडौ‌ । दिन दिनै बलात्कार र यौन हिंसाका घटना बढ्न थालेपछि किशोरीहरुलाई प्रतिरक्षा तालिम दिन थालिएको छ । बालिका र किशोरीले आफूमाथि आक्रमण भए कसरी प्रतिरक्षा गर्ने ? पश्चिम र पूर्वी नवलपरासीमा यस्तो प्रतिरक्षा तालिम सुरु गरिएको हो ।

महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने सिकाउने गरिएको छ ।

सरकारी सहकार्यमा सञ्चालित पहुँच कार्यक्रमअन्तर्गत नवलपरासीका बाल क्लब प्रतिनिधि र युवा क्लबमा आबद्ध किशोरीलाई आत्मरक्षा तालिम दिइएको हो ।

तालिम लिइसकेका किशोरीले अहिले गाउँघरमा अभियान नै चलाएका छन् । उनीहरूलाई गल्र्स किकका अध्यक्ष नीरज न्यौपानेसहितको विज्ञ टोलीले प्रशिक्षण दिएको छ ।

तालिममार्फत शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानुनी उपचार र अन्यायमा परे कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिइएको छ ।

आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन्, परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ र कानुनी उपचारका लागि कहाँ जाने भन्ने विषय प्रशिक्षणका मूल सिकाइ भएको उनले जनाए ।

तालिममा सहभागी किशोरीले आफ्नो विद्यालय, कलेज, क्लब तथा समुदायमा गएर आ–आफ्नो क्षेत्रका बालिका, किशोरी तथा महिलालाई प्रशिक्षण दिने गरेका छन् ।

रामग्राम नगरपालिका–१ की २२ वर्षीया रेनुका चौधरी दुई पटक आत्मरक्षा तालिममा सहभागी भइन् । महिला हिंसा नबुझेकी उनी अहिले अभिभावकलाई महिला हिंसा, किशोरी सुरक्षा र मनोवैज्ञानिक परामर्श दिन सक्ने भएकी छन् । उनीसहित १५ जनाले किशोरी आत्मरक्षा समूह नै गठन गरेका छन् ।

उनीहरूले बलात्कारबाट कसरी बच्न सकिन्छ, प्रतिरोध कसरी गर्ने र यो जघन्य अपराध हो भन्ने गाउँ–गाउँमा बुझाइरहेका छन् । आफ्नो समूहले यस्ता अमानवीय कार्य कसैले पनि गर्नु हँ‘दैन भन्ने सन्देश दिइरहेको रेनुले बताइन् ।

दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट जोगिन टोल–टोलमै यस्तो अभियान थालिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...