वाइडबडी विमान खरिदमा भएको अनियमितता लेखा समितिले छानबिन गर्ने
काठमाडौं । नेपाल वायु सेवा निगमले पहिलोपटक खरिद गरेको वाइडबडी जहाजमा अनियमितताको चर्चा भएपछि सांसदको सार्वजनिक लेखा समितिले यसमा छानबिन गर्ने भएको छ ।
समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई पत्र लेख्दै बिहीबारसम्ममा यससँग सम्बन्धित सबै कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।
निगमले एयरबस ३३०–२०० सिरिजका दुईवटा जहाज खरिद गरेको छ ।
यी जहाज खरिद प्रक्रियामा अनियमितताको आशंका गर्दैै विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि समितिले खरिदसँग सम्बन्धित कागजात उपलब्ध गराउन पत्र काटेको हो ।
प्रतिकृया दिनुहोस