बलात्कारीको पहिचान हुन नसक्दा गर्भवती किशोरीलाई समस्या

Baltakar bjpng

बर्दिया । बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका–६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे पहिचान हुन नसक्दा कानूनी कार्वाहीका लागि किटानी जाहेरी दिन समस्या परेको छ ।

बलात्कार गरी गर्भवती बनाउने व्यक्तिको पहिचान हुन नसक्दा सबैभन्दा बढी समस्यामा पीडित बालिका मात्रै होइन, उनको परिवार पनि परेको छ । सुस्तःमनस्थितिकी ती बालिका आफूलाई बलात्कार गर्ने व्यक्तिका बारेमा प्रस्ट भन्न सक्दिनन् र घटनाका बारेमा सोधपुछ गर्दा बोल्दै बोल्दिनन् ।

त्यसो त उनी आफू बलात्कृत भई पीडित भएको भन्ने उनीलाई आभास हुनसकेको छैन । यस्तो अवस्थामा बलात्कृत गर्ने व्यक्तिको पहिचान गर्न झनै समस्या देखिएको छ । घटनाका बारेमा घर नजिकैको सोल्टी टोलका एकजना केटाले सम्पर्क गर्न मागेको र जङ्गलमा लगी बलात्कार गरेको भन्ने गरेकी छिन् ।

उक्त व्यक्तिलाई देखे भने चिन्छु पनि भन्ने गरेकी छिन् । तर ती व्यक्तिको पहिचान र उनीको न्यायको कसैले कतैबाट पहल हुनसकेको छैन । उनी गत वैशाख महिनामा घरबाट ठाकुरबाबा नपाको सैनाबरमा दिदीको घरमा जान्छु भनेर हिँडेकी पाँच दिनसम्म बेपत्ता रहेकी थिइन् । घर र दिदीका सबै परिवारले खोजी गरे पनि उनीलाई कहीँ कतै फेला पार्न सकेका थिएनन् ।

हराएको छैटौँ दिन सुरक्षाकर्मीले मोटरसाइकलमा घर पु-याएका थिए । घरका कसैलाई पनि नभेटी उनीहरु फर्किएका थिए । आमाले भन्नुभयो, “म बारीमा थिए, दुईवटा मोटरसाइकल आएर रोकियो । छोरीलाई लिएर आएका रहेछन् । म त्यहाँ पुग्न नपाउँदै उनीहरु हिँडिहाले एकजनाले पुलिसको पोशाक लगाएको थियो । उनीहरुले केही कुरै गरेनन् ।”

पाँच दिनसम्म कहाँ थियो भनी सोधपुछ गर्दा बर्दिया राष्ट्रिय निकुञ्जस्थित बबई पुल नजिकै चारजना प्रहरीले समातेर लगेर राखेको बताउने गरेकी छिन् ।

उनीहरुले शारीरिक कहिले राखे कहिले केही गरेनन् भन्दै बोली फेर्न गरेकी छिन् । बालिकाले हरेक पटक बोली फेर्ने गर्दा पनि उनीलाई बलात्कार गरी गर्भवती बनाउने व्यक्तिको पहिचानमा समस्या हुँदै आएको छ ।

बालीकाकी आमाका अनुसार उनी गत वैशाख महिनादेखि महिनावारी भएकी छैनन् । छोरीको किन महिनावारी भएन भन्ने बारेमा सोचेको तर अरू केही कारणले नभएको होला भनेर सामान्यरुपमा लिए पनि छोरीको शरीर परिवर्तन भएको देखेपछि भने के कारणले यस्तो भएको भन्ने नजिकैको स्वास्थ्य चौकी स्वास्थ्य परीक्षण गर्न गएपछि मात्रै छोरीको पेटमा बच्चा रहेको थाहा पाएको बालिकाकी आमाले बताइन् ।

स्वास्थ्य चौकीले कति महीनाको गर्भ छ भन्ने बारेमा केही नभनी दिँदा थप समस्यामा परेका छन् । बालिकाको पेटमा करीब पाँच महीना अर्थात् २० हप्ताको गर्भ भइसकेको छ । यदि गर्भपतन गराउन खोजेको खण्डमा पनि कानूनले १२ हप्ताको गर्भलाई मात्रै गर्भपतन गर्ने कानूनी मान्यता दिएको छ ।

बालिकाले आफ्नो हित र अहितका बारेमा केही बोल्न सक्दिनन् । उनले बच्चा जन्माई हाले पनि उक्त बच्चाको जिम्मेवारी कसरी पूरा गर्लिन् । त्यसमाथि अपरिपक्व शरीर, कमजोर मानसिक अवस्था जन्मिएको बच्चा र आमा साथै परिवारलाई सामाजिकरुपमा हेर्ने गलत दृष्टिकोणबाट कसरी बच्ने पीडित परिवार चिन्तामा छ । समाजमा सहयोग गर्नेभन्दा पनि आलोचना गर्ने बढी छन् ।

घटनाका बारेमा थाहा भएको र पीडित बालिका र परिवारलाई न्यायका लागि पहल गर्न खोजे पनि बालिकाले आफूलाई बलात्कार गर्ने व्यक्ति र स्थानका बारेका यकिन रुपमा भन्न नसकेको तर प्रयास जारी राखेको बाँसगढी नगरपालिका–६ का वडाध्यक्ष दशरथ चौधरीले बताए।

बालिका बलात्कृत भई गर्भवती भएको घटनाको विषयमा आफ्नो ध्यानाकषर्ण भएको बताउँदै समस्या सामाधान र प्रहरी र जिल्ला प्रशासन कार्यालय बर्दियामा समन्वय र पहल प्रक्रिया अगाडि बढाएको बाँसगढी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक सुष्मा चौधरीले बताए ।

निमित्त प्रजिअ तथा सूचना अधिकारी महेन्द्रजङ्ग शाहीले पीडित बालिका र अभिभावकले घटनाका सम्बन्धमा निवेदन लिएर आए आफ्नो तहबाट अन्य सम्बन्धित निकायमा पत्राचार गर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...