बेनीमा देखियो यस्तो जोगी नाच ! हेर्नुहोस

Jogi dance

म्याग्दी । सदरमुकाम बेनीमा लोपोन्मुख जोगी नाच देखाइएको छ ।

नेपाल भाषा मंकाःखलले आयोजना गर्ने बर्खेनाच अन्तरगत बिहिबार तीनसय बर्ष पुरानो जोगी नाच देखाइएको हो । मानब बस्तीको विस्तार संगै बेनीबजारको मौलिक कला र संस्कृतिको रुपमा प्रस्तुत गर्ने गरिएको बर्खेनाचको आर्कषक मानिएको जोगी नाचमा शिव, पार्वती, जोगीका विभिन्न रूपमा कलिला बालक देखी बृद्धबृद्धासम्मले ताण्डप नृत्य सहित कलाकारहरु सहित नाच देखाएका थिए ।

जनशक्ती र तयारीको अभावमा हरेक बर्ष देखाउन मुस्किल हुने गरेको जोगी नाच बजारमा ल्याउनुपूर्व महादेव र पार्वतकी पूजा गरी उनीहरुलाई खुसी पार्न ताण्डव नृत्यसहित जोगी बनाएर बजारमा नचाउने गरिएको जोगी नाचका संयोजक ज्ञानेन्द्रकुमार श्रेष्ठले बताए । ‘७० बर्ष नाघेका बृद्धहरु समेत नाचमा सहभागी थिए,‘यूवापुस्ताको पनि आर्कषण उस्तै छ’ उनले भने । विधि अनुसार नाच प्रस्तुत गरेमा बर्षभरि कुलको सुरक्षा हुने विश्वास समेत रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...