तीन बर्षदेखि निरन्तर १३ बर्षिया बालिका बलात्कृत ! परिवारकै सदस्यबाट ढाकछोप

Rape case

कोहलपुर । तीन बर्षदेखि निरन्तर १३ बर्षिया बालिका बलात्कृत हुँदै आएको खुलासा भएको छ ।

परिवारकै सदस्यलाई यसबारे जानकारी हुँदा पनि उनी निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको पीडितका दाजुले खुलासा गरेका छन् ।

बहिनी बलात्कारको पीडाले विक्षिप्त भएपछि बल्ल प्रहरीसमक्ष पुगेको दाजुले बताएका छन् । उनले भने ‘आन्टी काकीलाई पटकपटक भनेकी थिएँ, काकीले चुप लाग भन्नुभयो ।’  

‘हजुर बुबाले कतै भनिस् भने मार्दिन्छु भन्नुहुन्थ्यो, त्यसैले केहि बोलिनँ,’ बहिनीको भनाइ उद्धृत गर्दै उनले भने । उनी पहिलो पटक १० बर्षको हुँदा बलात्कृत भएकी थिइन् । नातिनी बलात्कार गर्ने हजुरबुवालाई परिवारका सदस्यले नै संरक्षण गर्दै आएको खुलासा भएको हो ।

परिवारका अरु सदस्यलाई बलात्कारबारे जानकारी भए पनि आफुलाई धम्क्याएर तर्साएर सार्वजनिक गरे मारिदिने भन्दै जघन्य अपराध दबाउन हजुरबुवाले नै दबाब दिएको पीडित किशोरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...