वैदेशिक रोजगारीका सबै विवरण एउटै अनलाइन सिस्टममा

वैदेशिक रोजगारी

काठमाडौं । सरकारले आगामी सोमबारबाट वैदेशिक रोजगारीका सबै तथ्यांकलाई एउटै प्रणालीमा राख्ने गरी अनलाइन सिस्टममा राख्ने भएको छ ।

रोजगारीका लागि विदेशी जाने नेपालीहरुको रेकर्ड सरकारसँग हुन्छ । सोमबारबाट विदेशमा रोजगारी गरेर फर्किएकाहरुको पनि तथ्यांक राख्न सुरु हुनेछ । अहिलेसम्म यसको थालनी भएको छैन ।

श्रम मन्त्रालयल र मातहतका विभाग तथा श्रम कार्यालय, राहदानी विभाग, कन्सुलर विभाग, अध्यागमन, विदेशस्थित नियोग, म्यानपावर कम्पनी, स्वास्थ्य परिक्षण संस्था, अभिमुखीकरण केन्द्र सबै एउटै सिस्टममा हुनेछ । कामदारको सम्पुर्ण विवरण पासपोर्ट नम्वर हानेकै भरमा भेटिनेछ । कुनै पनि व्यक्तिको उजुरी गुनासो समेत अनलाइन सिस्टममा आवद्ध हुनेछ ।

सिस्टममा कुन संस्थाका फाइल कुन कर्मचारीको टेबलमा पुगेर अड्एिको छ भनेर हेर्न सकिन्छ । चित्तबुझ्दो कारण विना फाइल अड्काइएमा मन्त्रालयलाई ‘एक्सन’ लिन सजिलो हुनेछ ।
यसले वैदेशिक रोजगार विभागमा फाइल अड्काएर राख्ने कर्मचारीको प्रवृत्ति र म्यानपावरले गर्ने ठगीलाई पनि केही हदसम्म नियन्त्रण गर्ने अपेक्षा लिइएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले फर्किएका कामदारको पनि सम्पूर्ण रेकर्ड राख्ने तयारी गरेको छ । यो व्यवस्थासहित वैदेशिक रोजगारीमा जाने युवाको विवरण र तथ्यांक व्यवस्थित गर्ने गरी श्रम तथा रोजगार मन्त्रालयले अनलाइन सिस्टम विकास गरेको छ ।

श्रममन्त्री गोकर्ण बिष्टले अबका यस्तो अनलाइन सिस्टममा विदेश जानेहरुको पनि सम्पुर्ण खालका तथ्यांक र विवरण रहने बताए ।

अहिलेसम्म फर्किनेको तथ्यांक एकीन नहुँदा सरकारले नीति निर्माणमा अप्ठेरो खेप्दै आएको थियो । विदेश जाने युवाको तथ्यांकमा पनि अनेक प्रकारका अन्योल थिए । श्रम स्वीकृति लिने संख्यालाई नै विदेश गएको संख्याका रुपमा मानिँदै आएको थियो ।

अब भने कामका लागि श्रमिक भिसामा जाने र त्यहाँबाट काम गरेर फर्किनेको तथ्यांकलाई व्यवस्थित र एकीकृत गर्न लागिएको हो ।

अहिलेसम्म कामका लागि श्रम स्वीकृति लिएर ५० लाखभन्दा बढी युवा विदेशिएको तथ्यांक भएपनि यसमा श्रम रि–इन्ट्री गरेर जानेको संख्या पनि जोड्ने गरिन्छ । जसले गर्दा तथ्यांकमा दोहोरपना छ ।

विदेशिएकामध्ये कति युवा स्वदेश फर्किए र कतिले फेरि श्रम इजाजत नवीकरण गरेर विदेश उडे भन्ने एकीन तथ्यांक अहिले सरकारसँग छैन ।

त्यसैले अब विदेशबाट फर्किएकाहरुको पनि व्यवस्थित तथ्यांक राख्ने निश्कर्षमा मन्त्रालय पुगेको हो । अब विदेशबाट फर्किएकालाई एयरपोर्टमै सोधिनेछ ‘के सीप सिक्नुभयो ? कति वर्षको अनुभव छ ? कुन कम्पनीमा काम गर्नुभयो ? फर्केर के गर्नुहुन्छ ? लगायत ।

श्रम मन्त्रालयका अधिकारीहरुका अनुसार विदेशबाट फर्किएका जनशक्तिको महत्वलाई बुझेर नै तथ्यांक लिने तयारी गरिएको बताउँछन् । विदेशबाट फर्किएका युवालाई ‘सोसियल रेमिट्यान्स’ भएकाले उनीहरुको तथ्यांक फेरि स्वदेशमा स्वरोजगार गराउने नीतिका लागि यो महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

‘कामदारले विदेश गएर कमाएर पठाउने रेमिट्यान्सको महत्व कति छ भनेर बयान गर्नुपर्दैन’ मन्त्रालयका एक अधिकारी भन्छन् ‘तर, उनीहरुले विदेशमा संगालेका सीप र अनुभव त्योभन्दा निकै बहुमूल्य हुन्छ । त्यसको सदुपयोग गर्ने वातावरण तयार गर्न फर्किएका युवाबारे राज्यले चासो राख्न लागेको हो ।’

उनले राज्यले रोजगारी सम्बन्धी नीति बनाउँदा र कार्यक्रमहरु तय गर्दा पनि यस्ता तथ्यांकले निकै महत्व राख्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...