साथीको बाबुबाटै १४ वर्षीया किशोरी बलात्कृत
काठमाडौ । सँगै पढ्ने साथीका बाबुबाट कैलालीको घोडाघोडीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्।
कैलालीको घोडाघोडी नगरपालिका ६ की किशोरीलाई गएको बुधबार स्थानीय हर्कबहादुर कुँवरले आफ्नै घरमा बलात्कार गरेका हुन् ।
घरमा कोही नभएको मौका पारेर कुँवरले किशोरीको हात मुख बाँधेर बलात्कार गरेको कैलालीका एसपी विनोद घिमिरेले जानकारी दिए । स्थानीयले गाउँमै मिलाउन खोजेपनि सहमती नभएपछि प्रहरीमा खबर आएको एसपी घिमिरेले बताए ।
किशोरीका अभिभावकले दोषीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी गरेका छन्। बलात्कारपछि कुँवर फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस