पत्रकार तेजुको खोजीमा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री भट्ट

Trilochan bhatta

धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनदेखि बेपत्ता भएका बाजुराका पत्रकार तेजू खड्काका सन्र्दभमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र प्रदेश नं. ७ का वरिष्ठ पत्रकारलगायत टोलीले आज धनगढीमा मुख्यमन्त्री भट्टलाई भेट गरी पत्रकार खड्काका विषयमा ध्यानाकर्षण गराउँदा उनले पत्रकार खड्काको खोजी कार्यमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री भट्टले पत्रकार खड्काको खोजी गर्न नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको पनि जानकारी दिए । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बूढीनन्दाबाट पत्रकार खड्का भदौ ९ गते हराएका थिए ।

त्यस्तै टोलीले प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई पनि भेटेर पत्रकार खड्काको खोजी कार्यमा तदारुकता देखाउन आग्रह गरेको छ ।

सो अवसरमा मन्त्री शाहले खड्काको खोजी कार्य तीव्र पार्न सुरक्षा निकायलाई निर्देशन दिएको बताए। उनले भने ‘पत्रकार खड्काको खोजी कार्यबारे त्यहाँको स्थानीय प्रशासनसँग नियमित सम्पर्क गरेर जानकारी लिइरहेको छु ।’ डोटी घर भएका खड्का बाजुराको बूढीनन्दा रेडियोमा कार्यरत छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...