गायक हरिप्रसाद रिमालको निधन

Rimal 2

काठमाडौं । रेडियो नेपालका पहिलो गायक एवम् नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा बसोबास गर्दै आएका रिमालको शुक्रबार बिहान १ बजेर सात मिनेटमा ९३ वर्षको उमेरमा भएको आफन्तजनले बताएका छन् ।

रिमाल विसं १९८२ साल असोज २ गते जन्मिएको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म उनकै निवासमा राखिने छ । त्यसपछि पशुपति आर्यघाट लगेर अन्त्यष्टि गरिने आफन्तले बताएका छन् ।

रिमालको ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत सदाबहार छन् । उनी नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक थिए । उने ‘आमा’, ‘मनको बाँध’, ‘के घर के डेरा’, ‘सन्तान’, ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनय गरेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...