तेह्रथुममा सुख्खाग्रस्त क्षेत्रको अध्ययन गरिने
पाँचथर । पाँचथर र तेह्रथुममा सुख्खाग्रस्त क्षेत्रको अध्ययनका लागि प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।
पाँचथरको तुम्बेवा गाउँपालिका र तेह्रथमुको छथर क्षेत्रको विभिन्न स्थानमा सुख्खाग्रस्त क्षेत्र रहेको छ । त्यस ठाउँ बुझन मन्त्री आङ्बो नेतृत्वमा पाँच सदस्य कार्यदल बनाइएको प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कार्कीले बताए ।
कार्यदलमा प्रदेश सभाको दुई जना सदस्यसहित आर्थिक मामिता तथा कानुन मन्त्रालयको विपद व्यवस्थापन हेर्ने प्रमुख र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक जना कर्मचारीसमेत रहने छन् ।
प्रतिकृया दिनुहोस