आफूलाई विद्यालयबाट निष्कासन गर्न माग गर्दै पत्र लेख्ने बालिकालाई सहयोग

Balika.

काठमाडौ‌ । गरिबीको कारण विद्यालय आउन नसक्नै भन्दै विद्यालयबाट आफ्नो निष्कासनको माग गर्दै प्रधानाध्यापकलाई मार्मिक पत्र लेख्ने म्याग्दीकी एक बालिकालाई सहयोग आउने क्रम सुरु भएको छ ।

बेनी नगरपालिका ६ फोओठेकी १२ वर्षीया पूजा खत्रीलाई अहिलेसम्म विभिन्न निकायबाट ८० हजार रुपैयाँ सहयोग प्राप्त भएको हो ।

बालिका खत्रीले वृद्ध हजुरबुवा तथा भाईबहिनीको रेखदेख र हातमुख जोड्न बिहानबेलुका गाउँघरमा माग्न हिँड्नुपर्ने भएकाले विद्यालयबाट निष्कासन गरिदिन माग गर्दै आफूले अध्ययन गर्ने जामुनाखर्क माविका प्रधानाध्यापक सोमनाथ ढुंगानालाई पत्र लेखेकी थिइन्।

बाध्यताले आफू यो भन्दा अगाडि पढ्न नसक्ने भन्दै विद्यालयको हारिजी रजिष्टरबाट आफ्नो नाम कटाइदिन उनले आग्रह गरेको पत्र सार्वजनिक भएपछि उनलाई सहयोग गर्नेक्रम सुरु भएको हो।

बेनी ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले बालिका खत्रीलाई प्राप्त भएको सहयोग रकम उनकै नाममा खाता खोलेर राखिएको बताए ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले खत्रीको घरमै पुगेर आर्थिक सहयोग गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...