सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : धरौटी र साधारण तारेखमा छुटेका दुई जनालाई पनि थुनामा राख्न आदेश

33 kilo sunnnnnnnn

विराटनगर । चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये धरौटी र साधारण तारेखमा छुटेका दुई जनालाई पनि आज उच्च अदालत विराटनगरले थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ ।

उच्च अदालत विराटनगरमा आज भएको बहसपश्चात् जिल्ला अदालत मोरङबाट निलम्बित एसएसपी श्यामबहादुर खत्रीका चालक विष्णुबहादुर खड्कालाई रु १५ हजार धरौटी र सुरक्षा गार्ड अम्बरबहादुर थापामगरलाई साधारण तारेखमा रिहा गर्न दिएको आदेश बेरितको भएकाले बदर गरेको हो ।

उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पौडेल र साधुराम सापकोटाको संयुक्त इजलासले ०७५ जेठ ८ गते भएको आदेश बेरितको देखिएकाले उनीहरुलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी राजकुमार दाहालले जानकारी दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...