राष्ट्रपतिद्वारा बकर ईदको शुभकामना

Bidhyadevibhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भोली भदौं ६ गते मनाईने बकर–इद (इदुल जोहा) पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी सबैमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको शुुभकामना सन्देशमा सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको हाम्रो देशमा सो पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गरिएको छ ।

सम्पुर्ण नेपाली मुसलमान समुदायप्रति शुभकामना : प्रम
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि तराईसम्म बसोबास गर्ने नेपाली मुसलमान समुदायप्रति शुभकामना प्रकट गर्दै सबैको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् ।

बकर–इद इस्लामका पाँच आधारस्तम्भमध्येको एक हज (तीर्थाटन)सँग जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बकर इदको अघिल्लो दिन विश्वभरका इस्लाम धर्मालम्बीले हज गर्ने प्रचलनअनुसार यस पटक एक हजार १०० नेपाली मुसलमान हजमा सहभागी हुन लागेको जनाए ।

उनले संस्कृति, जातजाति, वेशभूषा र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यस पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गरोस् भनी कामना गर्दै एकता र सहकार्यको उच्चतम अभ्यासबाटै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गरिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...