हतियार देखाएर धम्क्याउँदै हिंड्ने सात जना पक्राउ

Dhamki dine pakrau

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा हतियार देखाइ धम्क्याउँदै हिँड्ने सात जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा खोटाङ्ग हलेसी च्यासमिटार घर भई हाल नारायणटार वस्ने वर्ष २१ को भुपेन्द्र राई, भोजपुर खावा १ घर भई हाल सिफल वस्ने वर्ष २३ को सनित राई, सोलुखुम्वु तम्वु घर भई हाल चावहील वस्ने वर्ष २६ को मिङ्मा शेर्पा, काभ्रे कोशिपारी सिमठली ३ घर भई हाल वौद्द वस्ने वर्ष ३५ को राजु भण्डारी, भक्तपुर ठिमी सरस्वति खेल घर भई हाल चावहिल वस्ने वर्ष १८ को सुरेश श्रेष्ठ, चितवन भरतपुर हाकिम चोक घर भई हाल चावहिल मित्रपार्क वर्ष २३को रोनिक श्रेष्ठ र रामेछाप २ डोडखानि घर भएका तिव्वेतियन होटलमा वेटरको काम गर्ने वर्ष २६ को विमल भन्ने सुजन थापा मगर रहेका प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले रिवल्वर थान–१, म्यागजीन– १, गोली– ४, मोवाईल–७ थान बरामद गरेको छ। उनीहरु विभिन्न मुद्दामा यसअघि पनि पटक–पटक पक्राउ परेका प्रहरीको भनाइ छ।

पक्राउ परेका ब्यक्तिहरुले गुण्डागर्दी गर्ने, लागू औषधको कारोवार गर्ने, व्यापारीहरुलाई धम्काउने तर्साउने जवरजस्ती लुटपाट गर्ने गरेको सूचनाका आधारमा प्रहरीले खोजतलास गरी पक्राउ गरेको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...