पूर्व राजदूत केशव झाले गरे आफ्नै कोठामा आत्म हत्या

Keshab jha

काठमाडौँ । फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झा काठमाडौँको बबरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन् । झा सोमबार बिहान आफ्नै कोठामा घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार झा बसेको कोठाको ढोका बिहानसम्म नखुलेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुगेर त्यहाँको ढोका खोल्दा झा मृत्त अवस्थामा फेला परेका थिए । उनीसँगै एउटा चक्कु पनि फेला परेको छ ।

करीब ८० वर्षीय झा आफ्नो पत्नी र सहयोगीसँग बस्दै आएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त लामाले बताए । परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झा फ्रान्समा नेपालका तर्फबाट ‘चिफ अफ प्रोटोकल’ राजदूत हुने पहिलो व्यक्तिसमेत हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...