सम्बन्ध विच्छेद गर्न बराबर अधिकार !

Sambandha bichched

काठमाडौं । भदौं १ गतेदेखि पत्नी पीडितका लागि खुसीको खबर आउँदै छ । अर्थात् सम्बन्ध विच्छेद गर्न अब महिलालाई मात्रै होइन, पुरुषलाई पनि उत्तिकै अधिकार दिँदैछ ।

नयाँ कानुनमा पतिपत्नी दुवैले चाहेमा जहिलेसुकै सम्बन्धविच्छेद गर्नसक्ने व्यवस्था राखिएको छ । प्रचलित कानुनमा महिलालाई मात्र सीधै अदालत जान पाउने कानुनी व्यवस्था छ ।

भदौ १ देखि लागू हुने देवानीसंहिता ऐनमा सम्बन्धविच्छेदमा पति र पत्नी दुवैलाई बराबर अधिकार दिइएको छ । पारपाचुकेका लागि पुरुष पनि सीधै अदालत जान पाउने व्यवस्था नेपालका लागि नयाँ हो ।

कुनै पनि महिला कुनै कारणले पतीसँग सँगै बस्न नसकेमा सीधै अदालत जान पाउने व्यवस्था थियो । नयाँ कानुनले भने पतिपत्नीलाई छुट्टाछुट्टै प्रावधान राखी पारपाचुके गर्न पाउने व्यवस्था गरेको छ ।

देवानीसंहिताको दफा ९३ मा भनिएको छ, ‘पतिपत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्बन्धविच्छेद गर्न सक्नेछन् ।’ पत्नीले कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पतिपत्नी भिन्न बसेको अवस्थामा मन्जुरी लिन आवश्यक पर्ने छैन ।

प्रचलित कानुनमा पुरुषले सम्बन्धविच्छेद गर्न चाहेमा गाउँपालिका, नगरपालिकामा निवेदन दिएपछि एक वर्षसम्म कुर्नुपर्ने प्रावधान छ । शुक्रबारदेखि कार्यान्वयनमा आउने नयाँ कानुनका तीनवटा प्रावधानमा पुरुषले पत्नीको कुनै मन्जुरी नलिई पारपाचुके गर्न पाउनेछन् ।

कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पतिपत्नी भिन्न बसेको अवस्थाबाहेक पतिले मन्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा पत्नी सीधै अदालत जान पाउने व्यवस्था गरिएको छ ।

के गर्दा विच्छेद गर्न पाइन्छ ?
पत्नीले अन्य पुरुषसँग यौनसम्बन्ध राखेको ठहरेमा, पत्नीले पतिको मन्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा पुरुष सीधै अदालत जान पाइने कानुनमा व्यवस्था छ ।

पतिले पत्नीलाई खानलाउन नदिएमा वा घरनिकाला गरिदिएमा, पतिले पत्नीको अंगभंग हुने वा ठूलो शारीरिक, मानसिक कष्ट हुने किसिमका काम, जालप्रपञ्च गरेमा सीधै अदालत जान पाउने व्यवस्था छ । प्रचलित कानुनमा पनि यो व्यवस्था छ ।

त्यसैगरी पतिले अर्को विवाह गरेमा, पतिले अन्य महिलासँग यौनसम्बन्ध राखेको ठहरेमा, पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पतिको मन्जुरी नभए पनि सम्बन्धविच्छेद गर्न सक्ने छिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...