हिमालय बैंकको धमाधम खुल्दैछ बदमासी, मलेसियन म्याक्स मनीद्धारा तीन अर्व बिगो दाबी

Himalayan bank badmasi

काठमाडौं । केही वर्षअघिसम्म हिमालय बैंकले आफुलाई सर्वेसर्वा ठान्ने गरेको थियो । तर, यसले कति बद्मासी गरेको रहेछ भन्ने कुरा बल्ल खुल्न थालेको छ ।

नेपालको नम्बर वान बैंक हुँ भन्ने हिमालय बैंकले मलेसियन कम्पनी म्याक्स मनी एसडीएन बिएचडीलाई ५ वर्ष अघिदेखि निरन्तर झुटो विवरण पेश गरेको रहस्य खुलेको छ ।

लामो समयसम्म हिमालयन बैंकले झुटो विवरण पेश गरेर कम्पनीलाई नोक्सानी पारेको भन्दै बैंकबिरुद्ध तीन अर्व रुपैया बिगो दाबी गरेपछि हिमालय बैंकको बदमासी छर्लंग भएको छ ।

म्याक्स मनि एसडीएन बिएचडीका लगानीकर्ता अब्दा हमिदले पत्रकार सम्मेलन गरेरै सन् २०११ देखि सन् २०१६ सम्म हिमालयन बैंकले झुटो विवरण पेश गरेको ठोकुवा गरेका छन् । उनले बैंकले झुठो विवरण पेश गरेरै तीन अर्ब भन्दा बढी रकम भुक्तानी पेश गरेको दावी गरेका छन् ।

‘हिमालयन बैंकले म्याक्स मनीसँग स्वसिर्जित पिन नम्बर पेश गरि बढि रकम र कमिशन दाबी गरेको, म्याक्स मनीलाई छलकपट जालसाँझी गरि म्याक्स मनिद्धारा पठाईएको पैंसा हिमालय बैंकको हिसाव विवरणबाट हटाईएको, हिमालयन बैंकको कारण म्याक्स मनिलाई आर्थिक क्षति भएको छ’ पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सो कम्पनीका अनुसार हिमालयन बैंंकमार्फत जालसाँझी गरेर तीन अर्व हिनामिना गर्नेमा कार्यकारी अधिकृत अशोक शम्सेर जबरा, उज्जवलराज भण्डारी, अनन्तराज भण्डारी (हाल अन्तै काम गर्ने), यूमा श्रेष्ठ, सन्तोष पराजुली (मेलेसियाका लागि हिमालयन बैंक प्रतिनिधि) लगायत रहेका छन् ।

उनले पत्रकार सम्मेलन गरेर २० वर्षदेखि कारोबार गर्दै आएको आफ्नो कम्पनीमा झुटो बिवरण पेश गरेर बैंकले तीन अर्ब रुपैयाँ हिनामिना गरेको दाबी गरे । उनको दावीलाइृ आधार मान्ने हो भने हिमालय बैंकले ठूलै बद्मासी गरेको देखिन्छ ।

म्याक्स मनीले हिमालयन बैंकद्धारा एक समयमा मलेशियाको एभरेष्ट रेमिटलाई हाल (खाडी मुलुकको एक रेमिट्यान्स कम्पनीद्धारा किनिएको) यस्तै षडयन्त्र गरि हड्प्ने प्रयास गरिएको उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...