दलितको क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु

Fedo foto

काठमाडौं । दक्षिण एसियाका दलित समुदायको क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

सो सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायतका देशहरुबाट दलित तथा मानव अधिकारकर्मीहरुको सहभागिता रहेको छ । सोसम्मेलन तीन दिनसम्म हुनेछ ।

राष्ट्रिय मानवअधिकार आयोग र दलित महिला संघद्धारा आयोजित सो सम्मेलनको राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गरे । उद्घाटनमा शर्माले संविधान र कानुनमा जातीय विभेद अन्त्य गरिए पनि व्यवहारमा अन्त्य गर्न नसकिएको बताए ।

सो सम्मेलनमा प्रतिनिधिसभा सांसद निरा जैरु, सर्वोच्च अदालतकी न्यायाधिश सपना मल्ल प्रधान, दलित महिला संघकी संस्थापक अध्यक्ष दुर्गा सोव लगायतले जातीय भेदभाव तथा छुवाछूत नेपालको मात्र समस्या नभएर दक्षिण एसियाका देशहरुमा बिद्यमान रहेकाले संयुक्त संघर्षको जरुरी रहेको औल्याएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...