श्रीमतीको हत्या गरी आत्मसमर्पण !
बाँके । एक ब्यक्तिले श्रीमतीको हत्या गरेर प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गरेको भोलिपल्ट श्रीमतीको शव फेला परेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका २३ जंगली सिंह पुर्वाका शेरअली शेखले २७ वर्षीया श्रीमती साकरुन बेहनाको हत्या गरेका हुन । उनको बयानका आधारमा बिहीबार नेपाल भारत सीमास्थित भारतीय जङ्गलमा साकरुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
साकरुनको माइती भारतको श्रावस्थी जिल्लाको थाना मल्लिपुर कुण्ड ग्रामसभा हो । उनीहरुका दुई सन्तान छन् ।
शेरअली करिब डेढ महिनाअघि बिदेशबाट घर फर्केका हुन । उनले घाँटी थिचेर श्रीमतीको हत्या गरेको बयान दिएका छ ।
श्रीमतीको आचरणमा शंका लागेपछि हत्या गरेको उनको दाबी छ ।
प्रतिकृया दिनुहोस