फर्निचर तथा फर्निसिङ एक्स्पो असोज ४ देखि

Furniture expo.

काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो’ फर्नेक्स आगामी असोज ४ गतेदेखि हुने भएको छ । एक्स्पोमा सहभागि हुनका लागि ९० प्रतिशत स्टल बुकिङ्ग भएको छ ।यस अघि भदौ १४ गतेदेखि हुने भनिएको एक्स्पो बिम्स्टेक सम्मेलन सोही दिनदेखि आयोजना हुने भए पछि पर सारिएको हो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ ।
एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अनुसार बिम्स्टेक सम्मेलन भदौ १४ गतेदेखि काठमाडौंमा हुन लागेकाले फर्नेक्सको मिति परिवर्तन गरिएको हो ।

एक्सपोको टाइटल स्पोन्सर जेम फ्लोरीले गर्ने भएको छ । संघका अनुसार स्वदेशी तथा विदेशी प्रदर्शकहरुले ९० प्रतिशत स्टल बुकिङ्ग गरिसकेका छन् । अब भौतिक तयारीको योजना तिब्र बनाईने एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए ।

एक्स्पोको छैठौं संस्करण फर्नेक्स २०१८ लाई होम डेकोर विशेष बनाइने आयोजकको भनाई छ । बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने विश्वास आयोजकको छ ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले बताएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको भनाई छ ।

फर्निचर क्षेत्रको प्रविधि पनि अवलोकनकर्ताको मूख्य आकर्षण बन्ने आयोजकको अपेक्षा छ ।५ दिन अर्थात असोज ८ गतेसम्म चल्ले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहनेछन् ।

नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सिन् २०१२ देखि नियमित ?पमा एक्स्पो आयोजना हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...