तीन थान कस्तुरीको बिनासहित चार जना पक्राउ

Kasturi ko bina sahit pakrau

काठमाडौं । काठमाडौंमा कस्तुरीको बिनासहित चार जना पक्राउ परेका छन् । कस्तुरीको बिना बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले ज्याठाबाट चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रेको भुम्लु घर भई हाल स्वयम्भु बस्ने कृष्ण नेपालीको २८ वर्षीय छोरा दीपक, रामेछापको गोकुलगंगा घर भई हाल सिनामंगल बस्ने जित सिंह सुनुवारको छोरा १८ वर्षीय अर्पण, रामेछापकै बेथान बस्ने ईन्द्रबहादुर पाण्डेको छोरा १७ वर्षीय उज्वल र सल्यानको कालागाउँ घर भई हाल चाबहिल बस्ने मेघलाल बस्नेतको छोरा २२ वर्षीय जीबन बस्नेत रहेका छन् ।

पक्राउ परेकाहरुमध्ये अर्पण सुनुवारको साथबाट कस्तुरीको बिना ३ थान बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त दरवारमार्गमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...