बावुले बलात्कार गरेको आरोपमा छोरीले दिइन् उजुरी

Balatkar photo1 4gran5pkfz

काठमाडौं । ताप्लेजुङकी एक किशोरीले आफ्नै बावुले पटक–पटक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । छोरी बलात्कार गरेको आरोपमा बावुलाई प्रहरीले पक्राउ गरेको छ ।

आठराई त्रिवेणी गाउँपालिकाका ४० वर्षीय बाबुले पटक–पटक आफूलाई बलात्कार गरेको भन्दै १७ वर्षीया किशोरीले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन्। आरोपित बावुलाई पक्राउ गरी बुधबार करणी सम्बन्धि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

आमाको मृत्युपश्चात कान्छी आमा लिएर बसेका बाबुले पटकरपटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ । पछिल्लो पटक कान्छिआमा माइती गएको मौकाछोपी बलात्कार गरेको दाबी गरिएको छ।

पछिल्लो पटक साउन ५ गते बलात्कार गरेको पीडितले दाबी गरेकी छन्। अरुलाई सुनाउन हिम्मत नभएकाले पीडा लुकाएर बसेकी उनले पछिल्लो पटकभने जिल्ला प्रहरी कार्यालयमा आफैं गएर उजुरी दिएकी थिइन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...