हत्या, बलात्कार र अपहरणका घटना बढेकोप्रति अधिकारकर्मीहरु चिन्तित

Human @ society

 काठमाडौं । देशका विभिन्न भागमा भएका बलात्कार, अपहरण, छुवाछूत र महिलामाथि हुने हिंसाका घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले चिन्ता व्यक्त गरेको छ ।

घटनाका दोषीलाई कानूनी कारवाही गरी शान्ति, न्याय र सुशासनलाई प्रत्याभूत गर्न सरकारसँग माग गरेको समाजका महासचिव उत्तम पुडासैनीले बुधबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । दण्डहीनताको निरन्तरताका कारण यस्ता घटना बढ्दै गएकाले दोषी जोसुकै भए पनि कानूनी कारवाहीको दायरामा ल्याउन पनि समाजले माग गरेको छ ।

अपहरणको एउटा घटनामा कानून कार्यान्वयन गर्ने निकाय विधिको शासनको मान्यता विपरीत गैरन्यायिक हत्यामा संलग्न भएको आशंका विभिन्न कोणबाट उठिरहेकाले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै विज्ञप्तिमा कानून कार्यान्वयन गर्ने अधिकारीका लागि जारी भएको राष्ट्रसंघीय आचारसंहिताको पूर्ण पालना गर्न र जस्तोसुकै अवस्थामा पनि मानव अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...